कोरोनाका कारण देखाउँदै महन्थद्वारा जसपाको बैठक स्थगित
शुक्रबार, ०७ जेठ २०७८, १३ : १८
जेठ ८ र ९ गते बस्ने भनिएको जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक महन्थ ठाकुरले एकपक्षीय रुपमा स्थगित गरेका छन् । जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबीच सहमति भएर बैठक आह्वान गरिएको थियो । आज अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गरी बैठक स्थगित गरेका छन् ।
यसअघि पनि अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाउन माग गरेपनि अध्यक्ष ठाकुरले कोरोना महामारीको कारण देखाउँदै बैठक बोलाउन मानेका थिएनन् । यसपटक पनि कोरोनाको कारण देखाउँदै बैठक स्थगित गरिएको हो ।
कार्यकारिणी समितिमा अध्यक्ष उपेन्द्र यादव पक्षको बहुमत रहेको कारण अध्यक्ष ठाकुर पक्षले बैठक बसाउन नचाहेको उपेन्द्र यादव पक्षले आरोप लगाउँदै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण