शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण देखाउँदै महन्थद्वारा जसपाको बैठक स्थगित

शुक्रबार, ०७ जेठ २०७८, १३ : १८
शुक्रबार, ०७ जेठ २०७८

जेठ ८ र ९  गते बस्ने भनिएको जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक महन्थ ठाकुरले एकपक्षीय रुपमा स्थगित गरेका छन् । जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबीच सहमति भएर बैठक आह्वान गरिएको थियो । आज अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गरी बैठक स्थगित गरेका छन् ।

यसअघि पनि अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाउन माग गरेपनि अध्यक्ष ठाकुरले कोरोना महामारीको कारण देखाउँदै बैठक बोलाउन  मानेका थिएनन् । यसपटक पनि कोरोनाको कारण देखाउँदै बैठक स्थगित गरिएको हो ।

कार्यकारिणी समितिमा अध्यक्ष उपेन्द्र यादव पक्षको बहुमत रहेको कारण अध्यक्ष ठाकुर पक्षले बैठक बसाउन नचाहेको उपेन्द्र यादव पक्षले आरोप लगाउँदै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप