हेटौंडा अस्पतालमै अक्सिजन उत्पादन
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठाद्वारा सञ्चालित हेटौंडा अस्पतालमा आजदेखि अक्सिजन उत्पादन शुरु भएको छ । दैनिक १०० बढी सिलिन्डर अक्सिजन खपत हुने हेटौंडा अस्पतालमा अक्सिजन अभावका कारण समस्या उत्पन्न भएपछि हेटौंडा उपमहानगरले तत्काललाई दैनिक १५ वटा सिलिन्डर भर्न मिल्ने अक्सिजन प्लान्ट निर्माण गरेको हो । यसबाहेक दैनिक १५० सिलिन्डर अक्सिजन उत्पादन हुने प्लान्ट आगामी असार पहिलो सातासम्म निर्माण सम्पन्न गर्ने गरी उद्योग सङ्घ, हेटौंडाले निर्माण प्रक्रिया थालिसकेको छ ।
हाललाई काठमाण्डौँका लागि भारतबाट ल्याइएको अक्सिजन प्लान्ट उपमहानगरपालिकाको समन्वयमा हेटौंडा अस्पतालमा जडान गरिएको हो । “अक्सिजन प्लान्ट ल्याउने व्यवसायीको खरिद मूल्य उपमहानगरपालिकाले दिने र काठमाडौँको लागि अर्को व्यवस्था गर्ने सहमतिमा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको हो”, हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले भने ।
अक्सिजन नपाएरै अस्पतालमा उपचाररत बिरामीको ज्यान जाने अवस्था उत्पन्न भएपछि हतारहतार प्लान्ट जडान गरिएको र आजदेखि उत्पादन शुरु भएको उहाँको भनाइ छ । अक्सिजन प्लान्ट जडान गर्नका लागि उपमहानगरपालिकाका कर्मचारी, काठमाडौँबाट आएका प्राविधिकले ४८ घण्टा दिनरात काम गरेको उनले बताए ।
प्रदेश दुईका जिल्लाहरूबाट समेत उपचारका लागि बिरामीहरू आउने भएका कारण अस्पतालले अक्सिजनको अभाव व्योहोर्नुपरेपछि उपमहानगरपालिकाले इटहरी र नुवाकोटबाट दिनहुँ अक्सिजन ढुवानी गर्दै आएको छ । साथै हेटौंडाको गौरी टारमा आइसोलेशन र गोरक्षश्वरमा स्वाब सङ्कलनको कामसमेत उपमहानगरले गर्दै आएको छ ।
अहिले हेटौंडा अस्पतालमा आइसियु र भेन्टिलेटरसहित ५४ जना कोरोना सङ्क्रमणका बिरामीको उपचार भइरहेको छ । अस्पतालका सबै बिरामीलाई अक्सिजन दिएर उपचार भइरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण