चीनको अडानको तेहरानद्वारा प्रशंसा
चिनियाँ राष्ट्रपति सी चिनफिङ र इरानी राष्ट्रपति हसन रौहानीबीच टेलिफोन वार्ता भएको छ । इरानको आणविक चौतर्फी सम्झौता र प्यालेस्टाइन तथा इराक आदि समस्यामा चीनले लिएको निष्पक्ष अडानप्रति इरानले चीनप्रति आभार प्रकट गरेको छ ।
दुई नेताबीच पारस्परिक समसामयिक, राजनीतिक, आर्थिक तथा साँस्कृतिक बिषयमा कुरा भएको राष्ट्रपति सीले बताएका छन् । उनले चीन र इरानले हातमा हात मिलाएर नयाँ कोरोना भाइरस महामारीको संयुक्त रोकथाम तथा नियन्त्रण गर्नुका साथै आपसी प्रभावकारी सहयोगलाई प्रवर्द्धन गरेका छन् । यस वर्ष चीन र इरान बीचको सम्बन्ध स्थापनाको पचासौं वार्षिकोत्सव हो । चीनले इरानसँगको सम्बन्धलाई निकै जोड दिँदै इरानसँगको चौतर्फी रणनीतिक सहकार्यलाई निरन्तर प्रवद्र्धन गर्दै जाने विश्वास गरेको छ ।
इरानी राष्ट्रपति रौहानीका अनुसार इरानले एक चीनको नीतिलाई दृढ कायम राख्दै चीनसँग रणनीतिक सहयोग, अर्थ तथा व्यापार, ऊर्जा स्रोत आदि क्षेत्रको सहयोगलाई मजबुत बनाउँदै जाने आशा गरेको छ । इरानको आणविक चौतर्फी सम्झौता र प्यालेस्टाइन तथा इराक आदि समस्यामा चीनले लिएको निष्पक्ष अडानप्रति इरानले चीनप्रति आभार प्रकट गरेको छ भने बेइजिङसँगको सहकार्यमा एक पक्षीयतावाद र प्रभूत्ववादविरूद्ध उभिनेको विरोध गर्दै जाने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण