आदित्य नारायणमाथि भड्कियो एक राजनीतिक पार्टी, दिइयो चेतावनी
इंडियन आइडल १२ निकै विवादास्पद बनिरहेको छ । १२ औं संस्करण जबदेखि सुरु भएको छ यो केही न केही कारणले चर्चामा आइरहेको छ । प्रतिस्पर्धी, निर्णायकदेखि कार्यक्रमका प्रस्तोतासमेत कुनै न कुनै कारणले ट्रोल भइरहेका छन् ।
अब एकपटक पुनः यो कार्यक्रम विवादले घेरिएको छ । राज ठाकरेको पार्टी महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) ले शोका निर्मातासँग नेशनल च्यानलमा माफीको माग गरेका छन् ।
इन्डियन आइडललाई एमएनएनको चेतावनीः
एमएनएसका अनुसार शोमा अलीबागलाई सानो देखाइएको छ । पछिल्लो भागमा कार्यक्रम प्रस्तोता आदित्य नारायणले प्रतिस्पर्धी स्वाई भट्टलाई ‘तपाईं अलिबागबाट आउनुभएको हो जस्तो लाग्छ ?’
आदित्यको यसै लाइनलाई एमएनएसले आपत्ति जताएको छ । एमएनएस सेनाका प्रमुख अमय खोपकरले आदित्यले त्यो लाइनको प्रयोग गरेका छन् जुन अलिबागको मजाक उडाउनका लागि प्रयोग गरिन्छ ।
आफ्नो फेसबुक लाइभ सेसनमा उनले भने, ‘यो सन्दर्भमा आदित्य नारायणका पिता उदित नारायण र शोसँग सम्बन्धित मानिसहरुसँग कुरा गरिसकिएको छ । च्यानललाई आउँदो एपिसोडमा माफी माग्न भनिएको छ नभए एमएनएसले कडा कदम उठाउनु पर्नेछ ।’
आदित्य नारायणले बयानमाथि मागे माफीः
विवाद बढेको देखेपछि आदित्यले आफ्नो बयानमा माफी मागेका छन् । उनले फेसबुकमा एउटा पोस्ट लेखेर भनेका छन्, ‘निकै विनम्रता र हात जोडेर म अलिबागका मानिसहरु र ती सबै मानिसहरुसँग माफी माग्न चाहन्छु जो इन्डियन आइडलको हालैको एपिसोडमा मेरो वाक्यका कारण आहत हुनुभएको छ । उद्देश्य कसैलाई चोट पुर्याउनु थिएन । अलिबागप्रति मेरो अपार प्रेम र सम्मान छ । मेरो भावना त्यो स्थान, त्यहाँका मानिस र त्यहाँको माटोसँग जोडिएको छ ।’
स्मरण रहोस्, यसअघि एमएनएसले बिग बस १४ का प्रतियोगी जान कुमार सानूसँग माफीको माग गरेको थियो । जानले शोका अन्य प्रतिस्पर्धीसँग मराठीमा कुरा नगर्न भनेका थिए । एमएनएसको अल्टिमेटमपछि जान कुमार सानूले नेशनल टेलिभिजनमा माफी माग्नुपरेको थियो । साथै च्यानलले पनि आफ्नो तर्फबाट माफी मागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण