गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत थप १९ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशका म्याग्दी र मनाङ बाहेकका ९ जिल्लाका १९ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थय निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार कास्कीमा ९, स्याङजा २, नवलपरासी पूर्व १, तनहुँ २, गोरखा १, लमजुङ १, पर्वत १, बागलुङ १ र मुस्ताङमा १ जना रहेका छन् । नवलपरासी पूर्व कावासोती–२ की ५७ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्स चितवनमा मृत्यु भएको छ ।
त्यसैगरी मुस्ताङ घरपजोङ–४ का ४६ वर्षीय पुरुष, पर्वत जलजला–५ का ६० वर्षीय पुरुष, गोरखा भीमसेन थापा गाउँपालिका–२ का ८६ वर्षीय पुरुष, बागलुङ जिल्लाको बागलुङ–२ का ७९ वर्षीय महिला, लमजुङ बेशिसहर–८ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
त्यसैगरी स्याङजा पुतलीबजार –७ की ३७ वर्षीय महिला, पुतलीबजार –८ का ७१ वर्षीय पुरुष, तनहुँ शुक्लागण्डकी –२ की ८८ वर्षीय महिला, भिमाद–२ की ८० वर्षीय महिला, रुपन्देही सियारी–२ का ७३ वर्षीय पुरुष, पोखरा महानगरपालिका –७३ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।
त्यस्तै पोखरा–११ का ५७ वर्षीय पुरुष, पोखरा–५का ६८ वर्षीय पुरुष, पोखरा–८ का ७५ वर्षीय पुरुष, पोखरा–११ का ८१ वर्षीय पुरुष, पोखरा–९ का ६५ वर्षीय पुरुष, पोखरा– ५ की ४४ वर्षीय महिला र कास्कीको मादी–१ की ९९ वर्षीय महिलाको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७० पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण