प्रहरीको निर्माणाधीन भवनमा एक व्यक्ति मृत फेला
मकवानपुर । हेटौंडामा एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका–८ पशुपतिनगरमा निर्माणाधीन सामुदायिक प्रहरी सेवा केन्द्रको भवनमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, मोरङ सुन्दरहरैचा नगरपालिका वडा नम्बर–५ घर भएका २७ वर्षीय आशिष ढकालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार मृतक ढकालको शव बुधबार बिहान ८ बजेको समयमा उक्त भवनको ट्रसको छानोको पाइपमा डोरीको पासो लगाइ झुन्डिरहेको अवस्थामा फेला परेको थियो । मृतक ढकालको शवलाई हेटौंडा अस्पतालको शव गृहमा राखिएको र पोष्टमार्टम गर्ने तयारी भइरहेको उनले बताए ।
घटनास्थल र प्रकृति हेर्दा मृतक ढकालले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण