गण्डकी प्रदेशमा थप १ हजार ७३३ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा । गण्डकी प्रदेशमा थप १ हजार ७३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणमा मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा १ हजार ७३३ जना संक्रमित भेटिएका हुन् ।
गण्डकी प्रदेशमा एकै दिन अहिले सम्मकै सर्वाधिक धेरै १ हजार ७३३ जना कोरोना संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । प्रदेशका ९ वटा जिल्लामा पछिल्लो २४ घण्टामा ३ हजार ३९९ जनामा गरिएको नमूना परीक्षणमा ७७३ महिला र ९६० जना पुरुषमा कोरोना संक्रमण देखिएको उनले बताए ।
निर्देशक डा.शर्माकाअनुसार कास्कीमा ४४५, बागलुङ ४१६, गोरखा २१९,नवलपरासी पूर्व १११, तनहुँ १७०, स्याङजा ९५, म्याग्दी ९३, लमजुङ ६५ र पर्वत ११९ जनामा संक्रमण देखिएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ३९ हजार ६६७ पुगेको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण