कोभिडका बिरामीको उपचारमा हेलचेक्रयाई नगर्न उच्च अदालतको आदेश
शुक्रबार, १४ जेठ २०७८, १९ : ००
उच्च अदालत जनकपुरले प्रदेश २ सरकारलाई जनताको स्वास्थ्यसँग खेलवाड नगर्न आदेश दिएको छ । प्रदेश २ मुख्यमन्त्री कार्यालय र प्रादेशिक अस्पताल जनकपुरधामलाई बिरामीको उपचारमा हेलचेक्र्याई नगर्न अदालतले आदेश दिएको हो ।
अधिवक्ता राजकुमार महासेठले दायर गरेको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत जनकपुरले प्रादेशिक अस्पताल जनकपुर लगायतका अस्पतालमा बिरामीको उपचारमा लापरवाही नगर्न आदेश दिएको छ । न्यायाधीश डालकुमार खडकाको एकल इजलाशले पीपीई, अक्सिजन, भेन्टिलेटर, मास्क, औषधी हुँदाहुँदै बिरामीलाई अन्य अस्पतालमा नपठाउन समेत आदेश दिएको छ ।
अदालतले प्रादेशिक अस्पतालमा भएका कोभिडका बिरामीको विवरण प्रत्येक हप्ता बुझाउन समेत भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण