भारतमा आइतबार मृतकको संख्या ३४ दिन पछिको सबैभन्दा कम
सोमबार, १७ जेठ २०७८, १० : ४१

भारतमा कोरोनाको दोस्रो लहरको कहर क्रमशः बिस्तारै कम हुन थालेको छ । आइतबार नयाँ संक्रमितका साथै मृत्युको आँकडा पनि कम देखिएको छ । भारतमा आइतबार एक लाख ५३ हजार ३४७ जनामा संक्रमण पुष्टि भएको । साथै, २ लाख ३७ हजार ५६८ जना निको पनि भए । यतिबेला ३,१२८ जनाको मृत्यु भयो । एकदिनमा ज्यान गुमाउनेको यो आँकडा पछिल्लो ३४ दिनको सबैभन्दा कम हो । यसअघि २७ अप्रिलमा ३,२८६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः १.५३ लाख
पछिल्लो २४ घण्टामा कूल निको भएकाः २.३७ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः ३,१२९
हालसम्म कूल संक्रमित भइसकेकाः २.८० करोड
हालसम्म निको भएकाः २.५६ करोड
हालसम्म कूल मृत्युः ३.२९ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः २०.२२ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सान फ्रान्सिस्कोबाट मुम्बई आइरहेको एयर इन्डियाको उडानमा खराबी, कोलकातामा ओरालियो यात्रु
-
काठमाडौँ महानगरमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक
-
मानिसहरूले तुरुन्तै तेहरान छोड्नुपर्छ: ट्रम्प
-
उपकुलपति छनोट : खुला प्रतिस्पर्धा कि सोझै सिफारिस ?
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
‘काठमाडौँ फेसन वीक’सँग जोडियो नेक्स्ट मोडल्स नेपाल