विवेकशील साझाका पूर्वअध्यक्ष थापाको निधनको अस्पतालद्वारा औपचारिक पुष्टि (विज्ञप्तिसहित)
मङ्गलबार, १८ जेठ २०७८, १७ : ४१
विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको अस्पतालले औपचारिक रुपमा पुष्टि गरेको छ। मेडिसिटी अस्पतालले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उनको ४ बजेर २५ मिनेटमा निधन भएको उल्लेख गरिएको छ ।
कोरोनाका कारण स्वास्थ्यमा समस्या आएपछि उनको जेठ १४ देखि अस्पतालको भेन्टिलेटर तथा इक्मो अत्याधुनिक उपकरणबाट उपचार हुँदै आएको थियो । उनको जेठ १७ गते कोरोना रिपोर्ट नेगेटिभ आएपनि शरीरका अंगहरूले प्रभावकारी रुपमा काम गर्न नसकेको र जटिल संक्रमणको प्रभाव रहेकाले स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको अस्पतालका प्रवक्ता तथा मेडिकल सुपरिटेन्डेन्ट डा राज राणा र मुटु शल्य चिकित्सक डा विजय राजवंशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण