मकवानपुरमा निषेधाज्ञा उल्लंघन गर्ने १२ पसललाई जरिवाना
जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार निषेधाज्ञा उल्लंघन गरी पसल व्यवसाय सञ्चालन गर्ने पसल तथा व्यवसायलाई जरिवाना गरी ४२ हजार राजस्व संकलन गरेको छ । मंगलबार प्रशासन कार्यालयले स्थलगत अनुगमनका क्रममा निषेधाज्ञा अवधिमा अटेर गरी पसल व्यवसाय सञ्चालन गरेको भन्दै हेटौंडा उपमहानगरपालिका क्षेत्रका १२ वटा पसललाई जरिवाना गराएको हो ।
प्रशासन कार्यालयले ३ वटा खुवा पसल, २ वटा तरकारी तथा फलफूल पसल, एउटा किराना पसललाई ३÷३ हजार जरिवाना गरेको छ भने एक वटा घडी तथा मोवाइल मर्मत पसललाई १ हजार र २ वटा घडी तथा मोवाइल मर्मत पसललाई ४/४ हजार जरिवाना गरेको छ ।
त्यस्तै एउटा हार्डवेयर पसल, एउटा मनी ट्रान्सफर र एउटा कस्मेटिक पसललाई ५/५ हजार जरिवाना गरी कुल ४२ हजार राजस्व संकलन गरेको हो । कार्यालयले हेटौंडा उपमहानगरपालिका वडा नं. ४, ५, ६, ९, १६ र १७ मा अनुगमन गर्दै निषेधाज्ञा उल्लंघन गर्ने पसल तथा व्यवसायीहरुलाई कोभिड़–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा २१ को उपदफा १(क) बमोजिम कारवाही गरिएको हो । त्यस्तै कार्यालयले जिल्लामा कोरोना संक्रमण रोकथाम, नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको पालना गर्न आग्रहसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण