अफगानिस्तानमा बम विष्फोट, ४ सर्वसाधारणको मृत्यु
मङ्गलबार, १८ जेठ २०७८, २३ : २३
अफगानिस्तानको राष्ट्रिय सुरक्षा सेवा (एनडिएस) का सदस्यहरुलाई लक्षित गरी भएको विस्फोटमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् । प्रहरीका अनुसार परवान प्रान्तको चारिकार शहरमा उक्त घटना भएको थियो । उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।
अफगानिस्तानमा पछिल्ला केही हप्तादेखि हिंसात्मक घटनाहरु तिब्र रुपमा बढेका छन् । यी आक्रमणबाट खासगरी अफगान सुरक्षाफौज र सर्वसाधारणको ज्यान गइरहेको मानव अधिकारवादीहरुले बताएका छन् । आगामी सेप्टेम्बर ११ भित्र अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो सैनिक फिर्ती प्रक्रिया जारी रहेकै अवस्थामा यी हिंसात्मक घटनाहरु अझ बढेका छन् ।
विवरण अनुसार, केही सातादेखि बाघलान, हेल्मन्ड, कुन्दुज, कान्दाहार र लाघमान प्रान्तमा सरकारी फौज र तालिबान समेतका विद्रोहीहरुबीच भिडन्तहरु जारी छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण