कास्टिङ काउचको बिषयमा जरीनको खुलासा : रिहर्सलको बहानामा किस गर्न खोजियो
काठमाडौँ । अभिनेत्री जरीन खानले फिल्म अभिनय अगाडि रिहर्सलको बहानामा आफुलाई किस गर्ने कोसिस गरिएको बताएकी छन् । हालै एक अन्तवार्तामा उनले कास्टिङ काउचको अनुभव शेयर गर्दै यस्तो कुराको खुलासा गरेकी हुन् । उनले भनिन्– ‘कास्टिङ काउचबाट रिहर्सलको बहानामा मलाई किस गर्ने कोसिस गरिएको थियो ।’
उक्त व्यक्तिको नाम आफु अहिले नलिने बताएकी जरिले अगाडि थपिन्– ‘ती ब्यक्तिले मलाई भनेका थिए, तपाइँलाई थाहा छ, हामी एक किस सिन गर्दैछौ ।’ आफुले रिहर्सलको रुपमा केही पनि किसिङ सिन नगर्ने सो बेलामा बताएको उनले सुनाइन् ।
जरीन पछिल्लो समयका बलिउडकी चर्चित अभिनेत्री मध्येकी एक हुन् । उनी हमेसा आफ्नो फिट्नेसका कारणले समेत चर्चामा छाउने गर्छिन् । उनी आफ्नो बारेमा खुलेर बोल्ने अभिनेत्री पनि हुन् । २०१० को फिल्म ‘वीर’ मार्फत अभिनयमा डेब्यु गरेकी जरीन फिल्ममा सलमान खानको अपोजिट भूमिकामा थिइन् । त्यसपछि ‘हेट स्टोरी ३’, ‘हाउस फुल २’, ‘अक्सर २’ र ‘वजाह तुम हो’ लगायत फिल्म अभिनय गरेकी जरीन पछिल्लो समय फिल्म ‘हम भि अकेले, तुम भि अकेले’ मा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण