काँग्रेसको संस्थापन इतर पक्षको बैठक जारी
बुधबार, १९ जेठ २०७८, १५ : ३८
नेपाली काँग्रेसको संस्थापन इतर पक्षका केन्द्रीय सदस्यको बैठक चलिरहेको छ । पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा दिउँसो २ः ३० बजेबाट सुरु भएको भर्चुअल मिटिङ जारी रहेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले रातोपाटीलाई जानकारी दिए ।
वरिष्ठ नेता पौडेलको अगुवाइमा भएको बैठकमा नेता कृष्णप्रसाद सिटौला पक्षीय केन्द्रीय सदस्य पनि सहभागी रहेको उनले बताए ।
अधिकारीका अनुसार बैठकमा २५ जना भन्दाबढी नेताको सहभागिता रहेको छ । कोरोना महामारी र क्रियाशील सदस्यताको काममा देखिएको ढिलासुस्तीले आगामी भदौ ७ १० का लागि निर्धारित महाधिवेशन प्रभावित हुने परिस्थिति बन्दै गएपछि संस्थापन इतर पक्षसँग छलफलमा पौडेल जुटेका हुन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण