आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेसको संस्थापन इतर पक्षको बैठक जारी

बुधबार, १९ जेठ २०७८, १५ : ३८
बुधबार, १९ जेठ २०७८

नेपाली काँग्रेसको संस्थापन इतर पक्षका केन्द्रीय सदस्यको बैठक चलिरहेको छ । पछिल्लो राजनीतिक घटनाक्रम र  पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा दिउँसो २ः ३० बजेबाट सुरु भएको भर्चुअल मिटिङ जारी रहेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले रातोपाटीलाई जानकारी दिए । 

वरिष्ठ नेता पौडेलको अगुवाइमा भएको बैठकमा नेता कृष्णप्रसाद सिटौला पक्षीय केन्द्रीय सदस्य पनि सहभागी रहेको उनले बताए । 

अधिकारीका अनुसार बैठकमा २५ जना भन्दाबढी नेताको सहभागिता रहेको छ । कोरोना महामारी र क्रियाशील सदस्यताको काममा देखिएको ढिलासुस्तीले आगामी भदौ ७ १० का लागि निर्धारित महाधिवेशन प्रभावित हुने परिस्थिति बन्दै गएपछि संस्थापन इतर पक्षसँग छलफलमा पौडेल जुटेका हुन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप