सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
बिहीबार, २० जेठ २०७८, १८ : ३६
सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका बिभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर १, कैलाली २, बझाङका १ जना रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५१ मा एन्टिजेन परीक्षण गर्दा १ सय ४५ जनामा कोरोना पुष्टी भएको छ भने ७ सय ८२ मा पिसिआर परिक्षण गर्दा १ सय ८३ मा कोरोना पुष्टी भएको छ ।
एन्टिजेन परीक्षण गरिएको १ जनाको मृत्यु भएको छ भने पीसीआर परीक्षण गरिएका ३ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए । प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय १६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण