बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

राजेन्द्र महतोले गरे पदभार ग्रहण

शुक्रबार, २१ जेठ २०७८, २२ : १८
शुक्रबार, २१ जेठ २०७८

नवनियुक्त उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदबहाली ग्रहण गरेका छन् । शुक्रबार  अपराह्न मन्त्रीमा नियुक्त भएका उनले राष्ट्रपतिको कार्यालय शितल निवासमा राती सवा ८ बजे सपथ लिएका थिए । सपथलगतै शहरी विकास मन्त्रालय पुगेर उनले पदबहाली गरेका छन् । सामान्यतया सिंहदरबारका मन्त्रालयहरूको कार्यालय समय १० देखि ५ बजेसम्मको हुने गरेको छ । 

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा जाने विषयमा पार्टीभित्र चर्को बिरोध भएपनि महतो–ठाकुर समूहका नेताहरु कामचलाउ सरकारमा सहभागी भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप