पदबहाली पछि राजेन्द्र महतोले भने– अदालतले के भन्छ त्यो हाम्रो सरकारको विषय होइन
नवनियुक्त उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले आफ्ना माग पुरा गर्न सरकारमा गएको बताएका छन् । उपप्रधान तथा शहरी विकास मन्त्रालयको पदबहाली पछि कुरा गर्दै महतोले आन्दोलनका केही माग सम्बोधन भएका र केही माग बाँकी रहेको बताए । उनले संसद विघटनको मुद्दा सर्वोच्चमा चलिरहेको र त्यो अदालतको विषयवस्तु भएकोले चलिरहने बताए ।
उनले भने, ‘हामी आफ्नो माग मुद्दाका लागि सरकारमा ज्वाइन गरेका हौँ । आन्दोलनका केही माग मुद्दामा सम्बोधन भएका छन् । केही बाँकी छ । मुख्य रुपले जनताको माग र मुद्दा हो । त्यसकै लागि सरकारमा सहभागी भएका छौं । त्यसैले अदालतले के भन्छ त्यो हाम्रो सरकारको विषय होइन ।’
महतोले जति दिन आफुहरु सरकारमा रहिन्छ माग र मुद्दामा केन्द्रीत रहेर काम गर्ने बताए । उनले देशमा वैकल्पिक शक्ति निर्माण गर्ने विषयलाई पार्टीको एजेण्डा बनाउने बताए । उनले भने, ‘बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने काम पार्टीको एजेण्डा हो, पार्टीको एजेण्डा अगाडि बढाउँदै जाने र विगतका आन्दोलनका माग र मुद्दालाई पनि सम्बोधन गर्दै लैजाने तयारी गरेका छौं ।’ उपेन्द्र समूहलाई आफ्नो केही भन्नु नभएको बताए । महतोले भने, ‘जो जो सहमत छैनन्, असहमति व्यक्त गर्न सक्छन् केही छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण