दिल्लीमा महामारीका कारण अवरूद्ध मेट्रो रेल सेवा सोमबारदेखि सञ्चालन
भारतको राजधानी नयाँ दिल्लीमा महामारीका कारण अवरूद्ध शहरी रेल सेवालाई सोमबारदेखि पुनः सञ्चालन गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरका कारण अस्तव्यस्त भएको दिल्लीमा संक्रमणको दर घटेसँगै मेट्रो रेल सेवा पुनः सञ्चालनमा ल्याइएको हो ।
कोरोना संक्रमण बढेपछि लगाइएको लकडाउन बिस्तारै खोल्ने क्रममा गत १० मे मा रोक लगाइएको मेट्रो सेवा फेरि शुरु गरिएको हो । यद्यपि, अहिले भने ५० प्रतिशत मात्रै यात्रु राखेर चलाउन अनुमति दिइएको छ । जोर बिजोर बार पारेर पसलहरु पनि खोल्न दिइएको तर सुरक्षाका उपायहरु भने पालना गर्नुपर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले जनाएका छन् ।
दिल्लीमा गत अप्रिलमा दैनिक १० हजार नयाँ संक्रमित फेला परेकोमा आइतबार ३८१ जनामा मात्रै सङ्क्रमण फेला परेको जनाइएको छ । विगत २४ घण्टामा भारतभर एक लाख ६३६ जनामा संक्रमण देखिँदा दुई हजार ४२७ जनाको मृत्यु भएको छ ।
भारतमा कुल कोभिड सङ्क्रमितको सङ्ख्या अहिलेसम्ममा दुई करोड ८९ लाख पुगेका छ भने तीन लाख ४९ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रबासीको नाममा गरेको सम्बोधनमा भारतमा कुल २३ करोड २७ लाखलाई खोप लगाइसकिएको जानकारी दिएका छन् । उनले यो सङ्ख्यालाई आगामी दिनमा थप तीब्रतासाथ वृद्धि गरिने जानकारी पनि दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण