मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश : राष्ट्रिय जनमोर्चाले भन्यो– विश्वासको मत दिन सक्दैनौं

बिहीबार, २७ जेठ २०७८, १४ : १२
बिहीबार, २७ जेठ २०७८

राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलको नेता पियारी थापाले वर्तमान सरकार र त्यसको नेतृत्वले नै गर्दा अहिले संविधान र संघीयता धरापमा पर्न लागेको बताएकी छन् ।

प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले दुई तिहाई बहुमतको वाम गठबन्धन ध्वस्त हुनुमा को जिम्मेवार हो भन्ने प्रश्नसमेत गरिन् ।

आफूहरुले सुरुमा वामपन्थी गठबन्धनलाई समर्थन गरेको तर सरकारकै काम कारवाहीका कारण समर्थन फिर्ता लिन बाध्य हुनुपरेको उनले प्रस्ट पारिन् ।

उनले प्रश्न गरिन्, ‘वामपन्थी गठबन्धनलाई दिएको समर्थन हामीले फिर्ता लिनुपर्ने बाध्यता तपाईहरुले नै सिर्जना गरिदिएको होइन ?’

प्रदेश सरकारले विपन्न, पिछडिएका नागरिकको पक्षमा काम गर्न नसकेको पनि उनले बताइन् । उनले प्रश्न गरिन्, ‘विपन्न, पिछडिएका नागरिकको पक्षमा, सडकमा तरकारी बोकेर हिँड्ने वर्गको पक्षमा के काम गर्नुभयो ?’

उनले भनिन्, ‘एउटै कुकरभित्र पकाएको चामललाई पनि यो काँचो छ कि पाकेको छ भनेर छामिरहनुपर्छ र ? मैले यो सरकार र संघ सरकारलाई त्यही रुपमा हेरिरहेकी छु ।’

केपी ओलीको बाटोलाई नै प्रदेश सरकारले दोहोर्याइरहेको भन्दै उनले वर्तमान सरकारलाई आफू र आफ्नो दलले विश्वासको मत दिन नसक्ने प्रस्ट पारिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप