गण्डकी प्रदेश : राष्ट्रिय जनमोर्चाले भन्यो– विश्वासको मत दिन सक्दैनौं
राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलको नेता पियारी थापाले वर्तमान सरकार र त्यसको नेतृत्वले नै गर्दा अहिले संविधान र संघीयता धरापमा पर्न लागेको बताएकी छन् ।
प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले दुई तिहाई बहुमतको वाम गठबन्धन ध्वस्त हुनुमा को जिम्मेवार हो भन्ने प्रश्नसमेत गरिन् ।
आफूहरुले सुरुमा वामपन्थी गठबन्धनलाई समर्थन गरेको तर सरकारकै काम कारवाहीका कारण समर्थन फिर्ता लिन बाध्य हुनुपरेको उनले प्रस्ट पारिन् ।
उनले प्रश्न गरिन्, ‘वामपन्थी गठबन्धनलाई दिएको समर्थन हामीले फिर्ता लिनुपर्ने बाध्यता तपाईहरुले नै सिर्जना गरिदिएको होइन ?’
प्रदेश सरकारले विपन्न, पिछडिएका नागरिकको पक्षमा काम गर्न नसकेको पनि उनले बताइन् । उनले प्रश्न गरिन्, ‘विपन्न, पिछडिएका नागरिकको पक्षमा, सडकमा तरकारी बोकेर हिँड्ने वर्गको पक्षमा के काम गर्नुभयो ?’
उनले भनिन्, ‘एउटै कुकरभित्र पकाएको चामललाई पनि यो काँचो छ कि पाकेको छ भनेर छामिरहनुपर्छ र ? मैले यो सरकार र संघ सरकारलाई त्यही रुपमा हेरिरहेकी छु ।’
केपी ओलीको बाटोलाई नै प्रदेश सरकारले दोहोर्याइरहेको भन्दै उनले वर्तमान सरकारलाई आफू र आफ्नो दलले विश्वासको मत दिन नसक्ने प्रस्ट पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण