गण्डकीमा काँग्रेसहितको गठबन्धनले आजै सरकार गठनका लागि दाबी पेस गर्दै
गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी गठबन्धनले आजै दाबी पेस गर्ने भएको छ ।
नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा सम्मिलित गठबन्धनका बहुमत सांसद शशरीर शुक्रबार अपरान्ह ५ बजेपछि प्रदेश प्रमुखको कार्यालय जाने काँग्रेस सांसद विन्दुकमार थापाले रातोपाटीलाई जानकारी दिए ।
त्यसका लागि प्रदेश प्रमुख पौडेलसँग समय पनि मागिएको उनको भनाइ छ । अहिले गठबन्धनका सांसदहरु भेला हुने क्रम सुरु भएको छ । थापाका अनुसार काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीको रुपमा प्रस्तावित गरेर दाबी पेस गर्न लागिएको हो ।
आज दिउँसो मात्र प्रदेश प्रमुख पौडेलले २४ घण्टाभित्र समयसीमा दिए संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी थिइन् । उपधारा ५ मा कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दिपक दीपक मनाङे गरी कुल ३१ सांसद हस्ताक्षरसहित दाबी पेस गरिँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण