दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नदिएको भन्दै नव दुलहीमाथि निर्घात कुटपिट
दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा एक नवदुलहीमाथि निर्घात कुटपिट भएको छ । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको भन्दै श्रीमान्सहित परिवारका सदस्यले उनीमाथी निर्घात कुटपिट गरेका हुन् । महोत्तरीको सम्सी गाउँपालिका— ६ का रामअश्रय साहकी २१ वर्षीया छोरी अमृताकुमारी साहको गत वैशाख १३ गते सर्लाही हरिपूर्वा नगरपालिका—२ का २४ वर्षीय जोगनारायण साहसँग विवाह भएको थियो । विवाह गरेको पाँच दिनपछि उनी माइत गएकी थिइन् । त्यसको केही दिनमा नै उनी घर फर्किएकी थिइन् ।
विवाह भएको चार दिनपछि नवदुल्हीलाई भान्सा घरमा भित्र्याउने परम्परा अनुसार उनलाई खाना पकाउन पठाइएको र खाना बनाउने क्रममा भान्सामा सामग्री माग गरेपछि विवाद भएको स्थानीयवासीले बताएका छन् । घरफर्किएपछि त्यही विषयमा पुनः विवाद शुरु भएपछि श्रीमान्सहित परिवारका अन्य सदस्यले आफूलाई निर्घात कुटपिट गरेको दुलहीले बताएकी छिन् । कुटपिटबाट घाइते भएकी उनलाई माइती पक्षले उपचार गराएको छ ।
दाइजोमा ग्यास चुल्हो र सिलिन्डर लगायत सामग्री नदिएको भन्दै नवदुलहीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । माइती पक्षले सर्लाहीको शान्ति सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयमा दोषीलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् । कुटपिटमा संग्लन अमृताका श्रीमान् र ससुरालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य सदस्य भागेकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौडले बताए ।
माइतीपक्षले विवाहमा नगद तीन लाख पचहत्तर हजार रुपैयाँ, दुई तोला सुन, १२ तोला चाँदी, फर्निचर र लत्ताकपडा गरी १२ लाख रुपैयाँभन्दा धेरै दाइजो दिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा विदेशी कूटनीतिज्ञ धमाधम आउँदै, पर्यटन प्रबर्द्धनमा कस्तो प्रभाव ?
-
सुदूरपश्चिमका किसानलाई बर्खे धान खेतीको चटारो
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज समापन हुने
-
दुई करोड पचास लाखमा निर्मित ‘स्केटिङ पार्क’ सञ्चालनमा
-
सन्दीपको मुद्दामा आज पनि सुनुवाइ
-
आज यी पाँच प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना