पछिल्लो २ महिनायता विपदका घटनामा परेर ४९ जनाको मृत्यु
आइतबार, ३० जेठ २०७८, १४ : ४६
पछिल्लो २ महिनायता देशभर भएका विपदका घटनामा परेर ४९ जनाको मृत्यु भएको छ । २ महिनायता भएका ६७५ वटा विपदका घटनामा परेर ४९ जनाको मृत्यु भएको हो । तीमध्ये सबैभन्दा बढी चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ भने आगलागीमा परेर ९ जनाको मृत्यु भएको छ ।
चट्याङ र आगलागीपछि जनावरको आक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने वर्षाका कारण ३ जनाको मृत्यु भएको छ । त्यस्तै, सर्पदंशका कारण २ जनाको मृत्यु भएको भने डढेलोमा परेर ३ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको दैनिक विपद बुलेटिनका अनुसार घटनामा परेर १७५ जना घाइते भएका छन् ३४८ वटा चौपायाको मृत्यु भएको छ । गत वैशाख १ गतेदेखि जेठ ३० गतेसम्म भएका ती घटनामा अनुमानित ४२ करोड, ३३ लाख, ९३ हजार, ६९० रुपैयाँ बराबरको क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण