वरिष्ठ अधिवक्ता वैद्य र उषा मल्ललाई एमिकस क्युरीमा मनोनयन गर्ने बारको निर्णय

नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा मनोनयन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइमा अदालतलाई सहयोग गर्न वैद्य र मल्ललाई पठाउने निर्णय गरिएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले रातोपाटीलाई बताए ।
वरिष्ठ अधिवक्ता वैद्य तत्कालिन पुनरावेदन अदालतका पूर्व न्यायाधीश हुन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता भएका थिए । उषा मल्ल पाठक नेपाल बारको पूर्व उपाध्यक्ष हुन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा असार ९ बाट विघटनको मुद्दामा निरन्तर सुनुवाई हुँदैछ । जेठ ७ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् ।
प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले नेपाल बार र सर्वोच्च बारबाट दुई, दुईजना एमिकस क्युरी माग गरेको थियो ।
सर्वोच्च अदालत बार एशोसिएसनले वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसीलाई एमिकस क्युरी (अदालतको सहयोगी)मा मनोनयन गर्ने निर्णय गरेको छ । एमिकस क्युरीमा छनोट भएका वरिष्ठ अधिवक्ताले संविधानको स्वतन्त्र ब्याख्या गर्ने अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार
-
तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार
-
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश
-
कम्बोडियामा पक्राउ परे ज्योति भण्डारी, नेपाल झिकाउन इन्टरपोल मार्फत पत्राचार
-
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो