पहिरो झरेर १८ घण्टा देखि मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरोले अवरुद्ध भएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग र कालीगण्डकी करिडोर अझै पनि खुल्न सकेको छैन । गए राति २ः०० बजे पहिरो झरेर रोकिएको लोकमार्गमा आज पनि थप पहिरो झरेको छ । पर्वतको कुश्मा नगरपालिका–१, सहस्रधारामा ठूलो पहिरो झरेर रोकिएको सडक १८ घण्टासम्म पनि खुलाउन सकिएको छैन । दिनभरी निरन्तर वर्षा भैरहेको र पहिरो झर्ने क्रम नरोकिँदा खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्ग पहिरोले रोकिएपछि वैकल्पिक सडक प्रयोग गर्न थालिएको छ ।
सहस्रधारामा सडक बन्द भएपछि पाङ हुँदै खुर्कोट निस्किएर आवातजावत हुन थालेका छन् । दिनभरी वर्षा जारी रहेकोले कालीगण्डकी करिडोरमा पनि निरन्तर पहिरो खसिरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वराज अधिकारीका अनुसार कालीगण्डकी करिडोरमा पर्ने केरावारी, लामाखेत, ज्यामिरे र फर्सेमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । प्रहरीले दिउँसो खुलाएको सडक फेरि पहिरो झरेर सडक अवरुद्ध भएको अधिकारीले जानकारी दिए ।
जिल्लाका मुख्य सडकसँगै अधिकांश ग्रामीण सडक पनि अवरुद्ध छन् । हुवास–वालिङ सडक, फलेवास– रानीपानी सडक, लमाय– लुँखु सडक, पातीचौर– देउराली सडक पनि पहिरोले रोकिएका छन् । जलजला गाउँपालिकाका अधिकाँश सडक अवरुद्ध भएका छन् ।
सडक बन्द हुँदा एम्बुलेन्स, खाद्यन्न ढुवानी गर्ने सवारी, निर्माण सामग्री बोकेका ट्रक बाटोमा रोकिएका छन् । पहिरोका कारण भत्किएका र अवरुद्ध भएका सडकहरू खुलाउन वर्षाका कारण समस्या भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।
उनले सडकसँगै बस्तीमा पनि पहिरो आउने खतरा रहेकाले सतर्क रहन अनुरोध गरिएको बताइन् । निरन्तरको वर्षाका कारण भिरालो स्थानमा रहेका बस्तीहरुमा पहिरो आउने खतरा रहेकाले सचेत रहन प्रशासनले सूचित गरेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण