सेतीवेणीका आठ घर डुबानमा
अविरल वर्षासँगै कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणीका आठ घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान साढे ८ः ०० बजेको समयमा कालीगण्डकी नदीमा आएको बाढी पस्न गई आठ घर डुबानमा परेका हुन् ।
मानिसलाई समयमै सुरक्षित स्थानमा सारिएकाले घर डुबानमा परे पनि मानवीय तथा चौपायाको क्षति हुन पाएको छैन । बाढीका कारण आठ घर पूर्णरुपमा क्षति भएका छन् भने स्थानीय बासिन्दा, प्रहरी, स्थानीय जनप्रतिनिधि, रेडक्रसको सहकार्यमा उद्धार कार्य जारी राखिएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।
स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थलमा रहेको सेतीवेणी बजार कालीगण्डकी र सेती खोलाको किनारमा अवस्थित छ । कालीगण्डकीमा पानीको बहाव बढ्नासाथै सेतीखोलामा पानीको सतह बढ्ने भएकाले यो ठाउँ वर्षेनि डुबानमा पर्ने गरेको छ । स्याङ्जातर्फको गल्याङ–५ सेतीवेणी बजार डुबानमा पर्दा आठ घरमा पूर्णरुपमा क्षति पुगेको छभने २४ जना विस्थापित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम २ मा सुहाङले ५ हजार मत कटाउँदा कसले कति पाए ?
-
गोठाटार घटनाका मुख्य योजनाकारमाथि प्रहरीले गोली चलायो
-
इलाम २ मतगणना : यस्तो छ पछिल्लो मतपरिणाम, कसको कति मत ?
-
बझाङमा एमाले उम्मेदवारको ५ सय मतको अग्रता, कसले कति मत ल्याए ?
-
विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार
-
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न