बाढी पहिरोमा परी ३ जनाको मृत्यु, ११ बेपत्ता
केही दिन देखिको अविरल वर्षाका कारण बाढी पहिरोमा परेर मुलुकका विभिन्न जिल्लामा तीन जनाको मृत्यु भएको छ । अन्य ११ जना बेपत्ता भएका छन् । सातजना घाइते भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख दिलकुमार तामाङले बाजुरा, पाल्पा र सिन्धुपाल्चोकमा एक/एकजनाको मृत्यु भएको जानकारी दिए । । सिन्धुपाल्चोकमा सात जना हराइरहेका छन् । गत वर्ष पनि सिन्धुपाल्चोकमा पहिराले ठूलो जनधनको क्षति भएको थियो । यस्तै सल्यान, बाजुरा, गोरखा, जाजरकोटमा पनि मानिस हराइरहेका उनले बताए । अन्य विवरण सङ्कलन जारी रहेको केन्द्रले जनाएको छ ।
बाढी पहिरोमा फसेकाको उद्धार, पीडितलाई राहत सामग्री वितरण तथा सुरक्षित बासस्थानमा व्यवस्था गर्न लागिएको तामाङले जानकारी दिए । उनका अनुसार सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रबाट बिहान सेनाको हेलिकप्टरमार्फत २६ जनाको उद्धार गरिएको छ ।
त्यस क्षेत्रका लागि एक ट्रक राहत सामग्री काठमाडौँबाट पठाइसकिएको तामाङले जानकारी दिए । अब मनाङका लागि हेलिकप्टरबाट राहत पठाउने तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ । त्यहाँ बाढीका कारण जोखिममा रहेका ५०० जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । नेपालमा यही जेठ २८ गतेदेखि मनसुन प्रवेश गरेको थियो । त्यसयता लगातार पानी पर्दै आएको छ । यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण