छोराले कोक पिउँदा हैरान हुन्थे रोनाल्डो
क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोतल हटाउँदै पानी पिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । रोनाल्डोले हंगेरीविरुद्धको खेलअघि यस्तो गरेका थिए । रोनाल्डो यस्ता सफ्ट ड्रिङ्क र जंक फुडबाट टाढै रहन चान्छन् । छोरा क्रिष्टियानो जुनियरले कोकाकोला र क्रिप्स् खाँदा पनि आफु हैरान हुने गरेको उनले यसअघि बताएका थिए । ‘कहिलेकाँही उसले कोक पिउँछ र क्रिप्स् पनि खान्छ । यसले मलाई हैरान बनाउँछ भन्ने पनि उसलाई थाहा छ’ रोनाल्डोले गत डिसेम्बरमा फुटबल इटालियासँग भनेका थिए ।
रोनाल्डोका छोरा युभेन्टस्को युथ एकेडेमीबाट खेल्छन् र उनले धेरै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । त्यहीकारण ११ वर्षका यी बालक बाबुको पदचाप पछ्याउँदै फुटबलमा लाग्ने अनुमान गरिएको छ । यद्यपी, रोनाल्डोले आफ्ना छोरालाई फुटबलर बन्न दबाब भने नदिने बताएका छन् । रोनाल्डोका चार छोराछोरीमध्ये क्रिष्ट्रियानो जेठा हुन् । त्यस्तै छोरी इभा र माटियो जुम्ल्याहा हुन् । यी तीनवटै सन्तानका आमाको परिचय गोप्य छ । जर्जिना रोड्रिग्वेजतर्फ रोनाल्डोकी एक छोरी छिन् । उनको नाम एलाना मार्टिना हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण