प्रविधिको प्रयोग गरेरै भएपनि काँग्रेसको महाधिवेशन हुन्छ : प्रवक्ता शर्मा
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन प्रविधिको प्रयोग गरेरै भएपनि सम्पन्न गरिने बताए । शर्माले भौतिक र भर्चुअल पद्धतिको फ्युजन गरेर महाधिवेशन गर्ने तयारीमा पार्टी रहेको बताएका छन्।
काँग्रेस झापाले बिहीबार आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले वडादेखि जिल्लासम्मको भौतिक र प्रदेश तथा केन्द्रको अधिवेशन प्रविधिको प्रयोग गरेर गर्न सकिने बताए । गृहजिल्ला झापामा रहेका प्रवक्ता शर्माले काठमाडौँ फर्किएपछि यो विषयमा केन्द्रीय नेतासँग थप छलफल गरेर निष्कर्षमा पुगिने जानकारी दिए ।
जिल्लाका नेता तथा कार्यकर्ताले समयमा नै महाधिवेशन हुन नसक्ने चिन्ता ब्यक्त गरेपछि प्रवक्ता शर्माले काँग्रेस संवैधानिक बाध्यताबाट पछि नहटी राजनीतिक जिम्मेवारी पूरा गर्नेमा दृढ रहेको र हर हालतमा पार्टीको महाधिवेशन हुने बताए । प्रवक्ता शर्माले पार्टीलाई आधुनिक बनाउन र प्रविधिगत रूपमा रुपान्तरण गर्न प्रविधिको प्रयोग गरेर महाधिवेशन गरिने बताए । उनले प्रविधिमार्फत पार्टीको तथ्याङ्क राख्ने कुरामा काँग्रेस अरु पार्टीभन्दा अब्बल र अगाडि रहेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण