सरकारलाई गुण र दोषको आधारमा समर्थन गछौं : सांसद थापा
राष्ट्रिय जनमोर्चाकी सचेतक एवं सांसद पियारी थापाले अहिलेको सरकारलाई जनमोर्चाले गुण र दोषको आधारमा समर्थन गर्ने बताएकी छन् । शुक्रबार गण्डकी प्रदेशसभामा कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा विश्वासको मतका लागि भएको छलफलमा भाग लिँदै सांसद थापाले अहिलेको सरकारलाई मुख्य ४ वटा गहन जिम्मेवारी रहेको बताईन् ।
उनले यस सरकारले प्रदेशका सम्पूर्ण जनतालाई कोभिड खोपको व्यवस्था, बाढी पहिरो पीडितलाई राहत, विस्थापितलाई पुनर्उत्थान, कोरोनाका कारण रोजगारी गुमाएकालाई रोजगार श्रृजना गर्ने र लोकतान्त्रिक पद्धतिलाई कायम गर्ने गरी लागि रहनुपर्ने उनको भनाई छ ।
विकासको नीतिलाई परिवर्तन गर्नुपर्ने बताउँदै सांसद थापाले केन्द्रीकृत मानसिकताबाट गरिएको गतिविधिका कारण सरकारको संयन्त्रलाई चलायमान गराउन नसक्नु दुःखद भएको बताइन । उनले व्यवस्था परिवर्तन भए पनि व्यवहारमा परिवर्तन नहुँदा नागरिकले दुख पाएको बताइन् । सांसद थापाले प्रत्येक वडा वडामा राज्यको संयन्त्र भएकाले द्रुत गतिमा सेवा प्रवाहलाई चलायमान बनाउन प्रदेश सरकारलाई सुझाव दिइन ।
सांसद थापाले राष्ट्रिय जनमोर्चाले पछिल्लो समयमा केपी ओली नेतृत्वको सरकारको प्रतिगामी कदमका विरुद्ध गएपछि गण्डकी प्रदेश सरकारलाई दिएको पार्टीको समर्थन फिर्ता लिएरै प्रतिगमन विरुद्धका दललाई समर्थन गरेको जिकिर गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट पैतृक सम्पत्तिजस्तो गरी वितरण गरियाे : प्रभु साह
-
युद्धले रोकिएका केयर–गिभरलाई इजरायलले अवस्था सहज भएपछि भिसा दिने
-
पार्किन्सन्स रोगको सहुलियतमा उपचार हुने यी हुन् सात अस्पताल
-
नेपाली राष्ट्रिय यू–१६ क्रिकेट टोलीको बिदाइ
-
सिंहदरबारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक
-
एमआरपीमा ९२ कम्पनीलाई करोड बढी जरिवाना, अझै कडाइ गर्ने विभागको अडान