म अब पीडा खप्न सक्दिनँ
म अब पीडा खप्न सक्दिनँ
कति दिन्छौँ चोट रातदिन
ए भूकम्प ! तिमीले मा¥यौ
सन्तान मेरो कति कति
छियाछिया बनायौ मेरो छाती
सहेर तिम्रो विपत्ति अति
माटो नै भयो सबै सम्पत्ति ।
आयो राति उर्लेर सुनकोसी
बगायो सबैलाई एकैचोटि
पुरिए मेरा सन्तानहरु
बगरमा देखिए लास बनेर एकैचोटि
कति सहनु मैले पीडा अब
तिमी दु:ख दिन्छौ जब जब
के म मेरो सिन्धु छोडेर जाऊँ अब ?
आफ्नै आँगनमा सन्तानको लास
ए प्रकृति ! हामी सबै होइनौँ बदमास
लुटेरहरुलाई मुक्ति दिएर
गरिबको बास भत्काउँदै
सुसेली खेल्दै सागरमा पुग्दा
तिमीलाई खुसी मिल्छ कहिल्यै
सधैँ सिन्धुवासी दुःख दिएर ।
तिमीले दिएका पीडा भुल्दै थिएँ
इन्द्रावतीको बगरमा डुल्दै थिएँ
डुबायौ घर, बगायौ मेरै आफन्त
ल्यायौ बाढी पसायौ घरभित्र
क्षण भरमा मेलम्ची तहसनहस भो
अब त म मरे पनि हुने भयो
मेरो सिन्धुपाल्चोक सधैँ रुने भयो ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण