रुसमा जहाज दुर्घटना, ९ जनाको मृत्यु
शनिबार, ०५ असार २०७८, २३ : १८
रुसको दक्षिण पश्चिमी क्षेत्र सिबेरियामा भएको जहाज दुर्घटनामा परी ९ जनाको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार रुसको दक्षिण पश्चिमी क्षेत्रमा सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ । त्यसक्रममा जहाज धस्सिएर दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा परेर दुई जना चालक दलका सदस्य र अरु सात जना यात्रु गरेर ९ जनाको ज्यान गएको बताइएको छ । सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको थियो । त्यस जहाजमा १७ जना रहेका र संकटकालीन रुपमा अवतरण गर्ने क्रममा ९ जनाको ज्यान गएको रुसी समाचार समिति तासले जनाएको छ ।
सो जहाज राम्रै अवस्थामा रहेको र शनिबार मात्र पनि अरु तीन ओटा उडान गरेको बताइएको छ । तर चौथो पटकको उडानका क्रममा जहाजमा खराबी देखिएपछि आकस्मिक अवतरण गराइएको बताइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण