चामेमै रोकियो सेनाको हेलिकप्टर
आइतबार, ०६ असार २०७८, १९ : ३२
मनाङको बाढीपहिरो पीडितका लागि राहत लिएर आएको नेपाली सेनाको हेलिकप्टर मौसम खराबका कारण सदरमुकाम चामेमै रोकिएको छ । विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङसहित स्थानीय तहका पदाधिकारी सवार हेलिकप्टर राहत लिएर मनाङको बाढी प्रभावित क्षेत्रमा आएको हो ।
मनाङको विभिन्न स्थानका बाढी पीडितका लागि राहत लिएर आएको हेलिकप्टरमा इन्धन राख्न पोखरा लागि उडेको थियो तर मौसम खराब भएकाले पुनः सदरमुकाम चामे नै फर्किएको हो । मौसम अनुकूल भएपछि हेलिकप्टर पोखरा प्रस्थान गर्नेछ ।
बाढी पीडितलाई दैनिक उपभोग्य सामग्रीसहित तत्कालका लागि आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याटलगायतका राहत सामग्री ल्याइएको जनाएको छ । गएको मङ्गलबार मनाङको विभिन्न स्थानमा भीषण वर्षापछि यहाँका बाटो क्षतविक्षत भएर गाडीसमेत आवागमन हुन सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण