दक्षिण सुडानको राजनीतिक अवस्थामा सुधार आएको छ : संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघले दक्षिण सुडानको राजनीतिक अवस्थामा केही सुधार आएको बताएको छ । दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघका उच्च दूत निकोलास हेसमले सो कुराको जानकारी दिएका छन् । उनले दक्षिण सुडानमा नयाँ संविधान निर्माण गर्ने र राजनीतिक सुधार गर्ने कामको थालनी भएको र त्यसमा केही प्रगति पनि भएको देखिएको बताएका हुन् । तर यहाँको सुरक्षाको अवस्थाका बारेमा भने उनले चासो व्यक्त गरेका छन् ।
उनले भनेका छन् छन् कि दक्षिण सुडानको राजनीतिक र न्यायपालिकाको सुधारका बारेमा काम अघि बढेको छ र यहाँको सरकारले त्यस क्षेत्रमा काम गरेको छ । तर सबैले सुरक्षाका बारेमा भने चिन्ता व्यक्त गर्नुपर्ने उनले बताए । संयुक्त राष्ट्रसंघले सुरक्षाका क्षेत्रमा अझै समन्वय बढाउनुपर्ने उनले सुझाव दिएका छन् ।
उनले भने– यहाँ संयुक्त राष्ट्रसंघले गएको मे महिनामा राजनीतिक प्रक्रियालाई अघि बढाउने एक कार्यदल गठन गरेको छ र त्यसले आफ्नो काम थालेको छ । यहाँका राष्ट्रपति साल्भा किरले हालैमात्र यहाँको एक विधायिकामा ५५० जना थप गरेर पुनर्गठन गरेका थिए ।
त्यस विधायकसभाले यहाँ नयाँ संविधान निर्माण गर्ने काम गरिरहेको पनि उनले जानकारी दिएका छन् । हाल पनि संसारको कान्छो देशका रुपमा चिनिएको दक्षिण सुडान १० वर्ष अघि नयाँ राष्ट्रका रुपमा स्थापना भएको हो । आगामी जुलाई ९ मा यो देशले आफ्नो स्थापनाको दशौँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ । साथै संयुक्त राष्ट्रसंघ र विश्वका कतिपय देशहरुको सहयोग र समन्वयमा यहाँ नयाँ संविधान निर्माण गर्ने काम पनि भइरहेको बताइएको छ । -सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण