ढुंगामा पेन्ट गरेर ट्राफिक सचेतना जगाउँदै ललितपुर महानगर
ललितपुर महानगरपालिकाले ढुंगामा पेन्ट गरेर ट्राफिक सचेतना शुरु गरेको छ । आजभोली ललितपुरका मुख्य सडकको बिच भागको बगैँचामा ढुंगामा पेन्ट गरिएका ‘स्लोगन’ देख्न सकिन्छ । महानगर प्रमुख चिरिबाबु महर्जनको ‘नमुना शहर योजना’ अनुसार ढुंगामा पेन्ट गरेर सचेतना शुरु गरिएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए । ललितपुर नगर प्रहरीको सक्रियतामा अहिले कुपण्डोलदेखि पुल्चोकसम्मका सडक सचेतनामूलक स्लोगानले सजाइएको छ ।
‘जिल्लाका मुख्य चोकमा यस्ता सचेतनामूलक ढुंगाले सजाउँदै छौं’ नगर प्रहरी प्रमुख हाछेथुले भने– ‘ढुंगामा पेन्ट गरेर सचेतना जगाएको सम्भवत नेपालमा पहिलो हो ।’ ललितपुर महानगरले महानगरलाई स्वच्छ, सफा र हराभरा बनाउने अभियानलाई तिब्रता दिँदै दुई ट्रक ढुंगा ल्याएर सो सचेतना शुरु गरेको हो । कुपण्डोल हुँदै पुल्चोक सम्मका सडकमा पेन्ट गरिएका ढुंगामा ‘सुरक्षित यात्रा गरौं र बिस्तारै हाँकौँ’ लगायतका सचेतना मुलक स्लोगन राखिएको छ ।
सवारी चालकको जानकारीका लागि राखिएका होर्डिङ बोर्ड हटाएर अब, ढुंगामा पेन्ट गरेर राखिने नगर प्रहरी प्रमुख हाछेथुले बताए । ‘होर्डिङ बोर्डको रंग उड्ने र खुट्टा भाँचिएर कुरुप देखियो, अब ढुंगाले त्यस्ता बोर्ड रिप्लेस गर्छौँ ।’ शहरलाई पृथक देखाउन र हरियाली प्रवर्द्धन गर्न ललितपुर महानगरले यसअघि पोलमा जथाभावी टाँसिएका पोष्टर हटाएर हरियो रंग पेन्ट गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक
-
काठमाडौँ–तराई–मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु
-
कर्णालीमा सर्वदलीय बैठक : यस्ता छन् सात निर्णय
-
उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा
-
गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि
-
प्रधानमन्त्री प्रचण्डलाई एकीकृत समाजवादीले विश्वासको मत देला ?