लुम्बिनी प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित
बुधबार, ०९ असार २०७८, १४ : ०७

लुम्बिनी प्रदेशसभाको आज बस्ने भनिएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ । आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले नयाँ बजेटको राजश्व व्ययको अनुमानमाथि आफ्नो कुरा राख्ने, उठेका प्रश्नको जवाफ दिने र विनियोजन विद्येयक पेश गर्ने कार्यसूची तोकिएको थियो । आइतबार विपक्षी गठबन्धनले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै बैठक बहिष्कार गरेका थिए । त्यसपछि बैठक स्थगित भएको थियो ।
विपक्षी दलहरूको सहमतिमै आजको बैठक सारिएको नेपाली काँग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँले जानकारी दिए । असार २१ गते जसपाका ४ सांसदको बारेमा सर्वोच्चबाट फैसला आइसकेपछि निचोडमा जाने दलहरुबीच सहमति भएपछि बैठक सारिएको उनले रातोपाटीलाई बताए । बैठक असार २७ गते १ बजे बस्ने प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको युवा सङ्घ महाधिवेशन आयोजक कमिटी संयोजकमा थापा
-
‘कर्णालीका छोरीहरूको शैक्षिक सशक्तीकरणमा जोड दिन आवश्यक’
-
प्रचण्डले अनावश्यक भ्रम फैल्याउँदा राजावादीलाई फाइदा भयो: कानुनमन्त्री चौरसिया
-
टीसीएल ग्लोबल नेपालको ब्राण्ड एम्बासेडरमा नायक प्रदीप खड्का
-
आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्रका शत्रु हुन् : मन्त्री गुरुङ
-
निर्देशक खनाललाई प्रश्न–साहित्यकारका कथालाई पर्दामा ल्याउन के–कस्ता चुनौती रहेछन् ?