लुम्बिनी प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित
बुधबार, ०९ असार २०७८, १४ : ०७
लुम्बिनी प्रदेशसभाको आज बस्ने भनिएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ । आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले नयाँ बजेटको राजश्व व्ययको अनुमानमाथि आफ्नो कुरा राख्ने, उठेका प्रश्नको जवाफ दिने र विनियोजन विद्येयक पेश गर्ने कार्यसूची तोकिएको थियो । आइतबार विपक्षी गठबन्धनले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै बैठक बहिष्कार गरेका थिए । त्यसपछि बैठक स्थगित भएको थियो ।
विपक्षी दलहरूको सहमतिमै आजको बैठक सारिएको नेपाली काँग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँले जानकारी दिए । असार २१ गते जसपाका ४ सांसदको बारेमा सर्वोच्चबाट फैसला आइसकेपछि निचोडमा जाने दलहरुबीच सहमति भएपछि बैठक सारिएको उनले रातोपाटीलाई बताए । बैठक असार २७ गते १ बजे बस्ने प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण