जीवन विकासको आईपीओ बिक्री खुल्यो, कतिले पाउँछन् यो आईपीओ ?
जीवन विकास लघुवित्तको आईपीओ बिक्री खुला भएको छ । यस लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको छ ।
जीवन विकासले एक सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ बिक्री गर्नेछ । यसमध्ये ०.५ प्रतिशत अर्थात् ३० हजार ४ सय २० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात ९८ हजार ८ सय ६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यस आईपीओमा असार १५ गतेसम्म आवेदन दिन सकिन्छ । त्यस समयमा सबै बिक्री नभएमा असार २५ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ । यसमा एनएमबी क्यापिटल बिक्री प्रबन्धकको काम गरेको छ ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले जीवन विकास लघुवित्तलाई ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनी मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्ने हो भने पनि जम्मा १ लाख ८४ हजार ८ सय १ जना लगानीकर्ताले मात्र यो आईपीओ हात पार्ने देखिन्छ । कम्पनीले भने न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण