केकीले मागिन् माफी !
शुक्रबार, ११ असार २०७८, १३ : १३
अभिनेत्री केकीले माफी मागेकी छन् । उनले सामाजिक सञ्जालमा ‘अन्तरहृदयबाट क्षमाप्रार्थी छु’ शीर्षकमा एक पोष्ट लेख्दै माफी मागेकी हुन् । ‘जानी नजानी कुनै न कुनै प्रकृतिको, भावनाको, सोचको भेदभाव, विभेद हामी सबै भित्र दृश्य–अदृश्य रुपमा जकडिएको छ’ उनले फेसबुकमा लेखेकी छन् ‘आफूले आफूलाई नियाल्न, मूल्याङ्कन गर्न र त्यस प्रकारको सोच आफै भित्रबाट जरैदेखि निर्मूल पार्न हामी सबैलाई विवेक र शक्ति मिलोस् ।’
उनले थपिन्, ‘अहिलेसम्म आफूबाट भएको वा हुन गएको सबै खालको व्यवहारिक एवम् वैचारिक विभेद वा त्यस किसिमको सोच र त्यसबाट पर्न गएको असर(ठेस)का लागि म अन्तर हृदयबाट क्षमाप्रार्थी छु ।’ केही साता अगाडि बिपश्यानाबाट फर्किएकी केकीले किन र के कारण यो स्ट्याटस लेखिन् त्यो भने बताएकी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण