आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेसमा पौडेल समूहमै आधा दर्जन बढीको सभापतिमा दावी

पौडेललाई सिंहको ठाडै चुनौती, युवा नेताहरुले अघि सारे तीन विकल्प
शुक्रबार, ११ असार २०७८, १९ : ०५
शुक्रबार, ११ असार २०७८

काठमाडौं । नेपाली काँग्रेसमा भावी सभापतिको उम्मेदवारका विषयमा औपचारिक रुपमा छलफल सुरु भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिले सभापतिका लागि कसरत बढाएपछि संस्थापन इत्तर पक्षमा पनि सभापतिको उम्मेदवारका विषयमा छलफल सुरु भएको छ ।

संस्थापन पक्षबाट सभापति देउवा र उपसभापति निधि आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारका रुपमा अघि सरेका बेला वरिष्ठ रामचन्द्र पौडेल पक्षका पनि आधा दर्जन नेताहरुले सभापतिमा दावी प्रस्तुत गरेका छन् । 

काठमाडौंको बसुन्धरास्थित दियालो फुडल्याण्डमा भएको पौडेल पक्षीय भेलामा पौडेलसहित महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, नेताहरु सुजाता कोइराला, शेखर कोइराला, अर्जुननरसिंह केसी, डा.रामशरण महत र कल्याण गुरुङ सभापतिको दाबेदारका रुपमा प्रस्तुत  भएका हुन् । 

डा.महतले शुक्रबारको छलफल अघि नै पौडेल पक्षीय केन्द्रीय सदस्यहरुलाई फोन गरे म सभापतिको दाबेदारका रुपमा प्रस्तुत गरेका थिए । उनले शुक्रबारको छलफलमा पनि सोही कुरा दोहोर्याउँदै दावेदारी रहने घोषणा गरे ।

केसीले भने विकल्पसहितको दावेदारी रहने बताए । उनले सहमतिका आधारमा उम्मेदवार तय भए आफुहरु मान्ने र सहयोग समेत गर्न तयार रहेको बताए । ‘तर एकभन्दा बढी उम्मेदवार भएको खण्डमा प्रतिस्पर्धामा उत्रिनुको विकल्प छैन’, केसीको तर्क थियो । 

त्यस्तै केसीले सहमतिमा ६० वर्षभन्दा कम उमेरका नेताहरूबाट सभापति खोज्न सकिने विकल्प समेत अघि सारे । उनले बैठकमा भने, 'हामीबीच साझा उम्मेदवार तय गर्न सकिन्न भने युवा पुस्तालाई जिम्मेवारी दिऔँ। हामी सल्लाहकार बनेर बसौँ।' तर नेता पौडेलले भने आफु सभापतिको स्वभाविक उम्मेदवार रहेको भन्दै सबैलाई सहयोग गर्न आग्रह गरे ।

पौडेललाई सिंहको ठाडै चुनौती

पौडेलले एक पटक सभापति हुने इच्छा रहेको भन्दै सबैसँग सहयोग गर्न आग्रह गरेका थिए । 'एक पटक सभापति हुने मेरो इच्छा छ । शेरबहादुर देउवाजी र मलाई एउटै बास्केटमा नराख्नुस् । मैले पार्टी र मुलुकको नेतृत्व गर्न पाएको छैन, उनले भने ।

पार्टीको अस्तव्यस्तता र मुलुकको चुनौतीलाई व्यवस्थापन गरेर आफू विदा हुने पौडेलको भनाइ थियो । 'पार्टीको अस्तव्यस्तता​ र मुलुकको चुनौतीलाई व्यवस्थापन गरेर पार्टी तपाईंहरुलाई जिम्मा लगाउन चाहन्छु । सुरक्षित लोकतन्त्र र व्यवस्थित पार्टी जिम्मा लगाउन चाहन्छु । त्यसमा युवाहरुले सहयोग गर्नुपर्यो,' पौडेल​को आग्रह थियो ।  ​तर छलफलमा प्रकाशमान सिंहले पौडेललाई आफूले छोड्न नसक्ने बताए ।

तपाईंलाई मैले धेरै पहिला भनेको थिए ।  सभापति बन्छु भनेर । म तपाईलाई छोड्न सक्दैन । मेरो दाबी रहन्छ । सिंहले देउवाबाट पार्टी चल्न नसकेको र पौडेलबाट पनि पार्टी नचल्ने मान्छेहरुले भन्ने गरेको बताए ।

उनले भने, 'मान्छेहरु भन्छन् शेरबहादुर देउवाजीबाट पार्टी चलेन । रामचन्द्र दाइबाट पनि चल्दैन भन्छन् । त्यसैले म नेविसङ्घबाट राजनीति गरेर आएको हुँ । म लिगेसीबाट मात्र आएको होइन । मलाई सबैले सहयोग गर्नुपर्यो ।'

यस्तै शेखर कोइराला आफू पनि प्रतिस्पर्धी रहेको बताए । उनले आपसी समझदारी गरेर एकल उम्मेदवार तय गर्नुपर्नेमा जोड दिए । बैठकमा विमलेन्द्र निधि, शशांक र प्रकाशमान सिंह बीचको छलफलको समेत चर्चा भएको थियो । त्यसबारे शशांकले ब्रिफिङ गर्दै सहयोग आदान-प्रदानका थिए । 

 

 

 


युवा नेताहरुले अघि सारे तीन विकल्प

पौडेल सभापतिमा दाबेदारी प्रस्तुत गरेका नेताहरुलाई मनाउने क्षमता राखे साथ दिने युवाहरुको भनाइ थियो । पौडेलले सभापतिमा दाबेदारी प्रस्तुत गरेका नेताहरुलाई मनाउने क्षमता राखे साथ दिने युवाहरुको भनाइ थियो । 


नेता गुरुराज घिमिरेले भने, 'रामचन्द्र पौडेल दाइले सबैलाई मिलाएर जान सके ठीक छ । उहाँले त्यसमा क्षमता देखाउनु पर्यो । त्यो भएन भने उहाँले मैदान आफू छोड्नु पर्यो ।' उनका अनुसार पौडेलले आफ्नो नाममा सहमति गराउन नसके अभिभावक भएर प्रतिस्पर्धी मध्येबाट एउटालाई सभापति बनाएर युवाहरुको उचित जिम्मेवारी दिएर प्यानल घोषणा युवाहरुको भनाइ थियो । 

घिमिरेले भने 'तर त्योभन्दा बढि उम्मेदवार भए आफूहरुले उम्मेदवार एउटा छनोट गर्ने धारणा राखेका थिए । 'त्यसमा पनि टुंगो लगान भने युवाहरुले प्रतिस्पर्धीबाट एउटालाई छान्छन् ।'

उनका अनुसार तर छानेको उम्मेदवारसँग पनि समझदारी नहुन सक्छ । 'युवाको पोजिसनबारे अलमल कुरा गरेको खण्डमा युवाहरुको टीम बनाएर आफै लड्ने छौं, 'उनले भने ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप