रुसमा दैनिक २० हजारभन्दा बढी कोरोना सङ्क्रमित

रुसमा शुक्रबार पनि २० हजार जना भन्दा बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ । रुसमा गएको २४ घन्टा यता २० हजार ३९३ जना नागरिक सङ्क्रमणमा परेका यहाँका सञ्चारमाध्यमहरुलाई रुसका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।
यो समेत गरी रुसमा हाल ५४ लाख ९ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमितहरु भेटिएका बताइएको छ । त्यसैगरी यहाँ गएको २४ घन्टा यता कम्तीमा पनि ६०० जनाको ज्यान गएको छ । यो समेत गरी रुसमा अहिलेसम्म कोरोनाका कारण १ लाख ३२ हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।
रुसको मस्को शहरमा यहाँका सङ्क्रमित मध्ये सबैभन्दा धेरै प्रभावित भएका छन् । रुसमा यहाँका सङ्क्रमितहरु मध्ये सबैभन्दा बढी प्रभावित भएका बताइएको छ । समाचारअनुसार रुसको मस्कोमा मात्र अहिलेसम्ममा १३ लाख भन्दा बढी मानिसमा कोरोनाको संक्रमण भएको छ ।
त्यसैगरी गएको चौबीस घन्टायता मात्र पनि रुसको मस्कोमा करिब ८ लाख मानिसमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । रुसमा कोरोना भाइरसका विरुद्धमा खोप पनि लगाइएको छ । यहाँ आफ्नै देशमा उत्पादन गरिएको खोप दिइएको समाचारमा जनाइएको थियो ।
शुक्रबारसम्ममा प्राप्त विवरण अनुसार रुसमा यहाँका तीन करोड ६० लाख मानिसलाई कोरोना भाइरसका विरुद्धको खोप दिइएको बताइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठमा १९ फिल्म सेन्सर : विदेशीकै वर्चस्व
-
‘मिस नेपाल पिस २०२५’ का लागि आवेदन खुला
-
सेयर बजारमा २४ अंकको गिरावट, ११ अर्ब माथिको कारोबार
-
चलचित्र ‘मोहर’को ‘चाहिँदैन मोहर पर्दैन सुकी’ गीत सार्वजनिक
-
आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडा अध्यक्षलाई पूर्ववत जिम्मेवारी
-
चलचित्र ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक