प्रदेशसभा बैठकमा जब मन्त्री सांसदमाथि खनिए....
प्रदेश १ प्रदेशसभा बैठकमा एक मन्त्रीले व्यक्तिगत आलोचना र गाली बेइज्जती गर्न थालेपछि सभामुखले चार पटक रुलिङ गर्नुपरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले सांसदविरुद्ध व्यक्तिगत आलोचना गर्न थालेपछि सभामुख प्रदीपकुमार भण्डारीले उनलाई चार पटक रुलिङ गरेका हुन् । आइतबार मन्त्रालयगत बजेट विनियोजनका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङ आफ्नै जिल्ला ओखलढुंगाबाट निर्वाचित माओवादी केन्द्रका सांसद मोहन खड्कामाथि खनिएका थिए ।
सभामुखको रुलिङलाई बेवास्ता गर्दै मन्त्री गुरुङले सांसद खड्कालाई सुध्रिने सल्लाह दिन समेत भ्याए । एकोहोरो व्यक्तिगत गाली गलौजमा केन्द्रित भएपछि सभामुख भण्डारीले मन्त्रीलाई आफ्नो भनाइ छोट्याउन रुलिङ गरे ।
उनले सभामुखको रुलिङलाई बेवास्ता गर्दै व्यक्तिगत आलोचनालाई जारी राखे । सभामुखले चार पटक रुलिङ गरेपछि बल्ल मन्त्री गुरुङले भनाइ टुंग्याए ।
जवाफ दिन रोष्ट्रममा गएका मन्त्री नै व्यक्तिगत गाली गलौजमा उत्रिएपछि जनता समाजवादी दलका नेता जयराम यादवले नियमापत्ति गरेका थिए । यादवको नियमापत्ति पछि सभामुख भण्डारीले मन्त्री विरुद्ध रुलिङ गरेका हुन् ।
विनियोजन विधेयकको विषयगत छलफलका क्रममा पछिल्ला दुई वटा बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयको विनियोजन माथि छलफल भएको थियो । छलफलमा बोल्ने शतप्रतिशत सांसदहरुले भौतिक पूर्वाधार विकास अन्तर्गतको विनियोजनप्रति असहमति जनाउँदै आलोचना गरेका थिए । आइतबार ओखलढुंगाका सांसद खड्काले सरकारले ल्याएको बजेट मन्त्रीमुखी, दलालमुखी र गुटकेन्द्रीत भएको टिप्पणी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण