शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ल्यापटपमा ब्याट्रीको आयु कसरी बढाउने ? कम्प्युटर इन्जिनियरको टिप्स

सोमबार, १४ असार २०७८, ११ : ३६
सोमबार, १४ असार २०७८

ल्यापटपको ब्याट्री ब्याकअप उक्त ब्याट्रीको लाइफसँग पनि सम्बन्धित हुन्छ । साधारणतया  ल्यापटपको ब्याट्री तीन–चार वर्षमा फेर्नुपर्ने हुनसक्छ । तर, केही निश्चित तरिका अपनाउने हो भने ब्याट्रीको आयु बढाउन सकिन्छ । ब्याट्रीको आयुलाई साइकलमा नापिन्छ । साइकल भनेको  कतिपटक पूर्ण रुपमा चार्ज गरियो र कतिपटक पूर्ण रुपमा चार्ज सिध्याइयो भन्ने चक्र हो । 

तरपनि यी केहि कुरामा ध्यान दिन सकियो भने अझै केहि लामो समयसम्म ब्याट्रीको आयु बढाउन सकिन्छ ।

स्क्रिनको ब्राइटनेस डिम गर्ने

ल्याप्टप को ब्याट्री डिस्प्लेको धेरै उज्यालोले गर्दा पनि चाँढै सकिने हुन्छ , यहि डिस्प्लेको चम्किलोपनलाई कम गरेर पनि ब्याट्रीलाई केहि हदसम्म टिकाउन सकिन्छ ।

एकैपटक धेरै प्रोग्राम नखोल्ने

ल्यापटपमा काम गर्दै हुनु हुन्छ भने एक पटकमा एउटै मात्र काम गर्नुहोस् । एक पटकमा धेरै प्रोग्रामहरु चलाउनाले ब्याट्री धेरै खपत हुन्छ ।

ड्राइभको कम प्रयोग गर्ने

ल्यापटपमा  एक्सटर्नल ड्राइभ जस्तै पेन ड्राइभ, हार्ड डिस्क, सिडि, डिभिडी, कार्ड रिडर  आदिलाई काम सकिने बित्तिकै निकाल्नुपर्छ । लगातार यस्ता एक्सटर्नल ड्राइभ ल्यापटपमा जोडी राखेको खण्डमा छिटो ब्याट्री सकिने हुन्छ ।

ल्यापटपलाई हाइबर्नेट मोडमा प्रयोग गर्ने

यदि तपाईले ब्याट्रीको टिकाउको निम्ती  ल्यापटपलाई स्ट्यान्डबाई मोडमा राख्नुभएको छ भने यसलाई  हाइबर्नेट मुडमा राख्ने गर्नुहोस् । हाइबर्नेट मोडमा स्ट्यान्डबाई मोडमा भन्दा धेरै पावर बचत हुन्छ ।

ब्याकलिट किबोर्ड अनावश्यक प्रयोग नगर्ने

खास गरेर किबोर्डमा ब्याकलिट गुण भएका ल्यापटपहरूमा ब्याकलिट अन गरेर चलाउँदा धेरै ब्याट्री प्रयोग हुने भएकाले अत्यावश्यक समयमा मात्र अन गरेर चलाउने गर्नु पर्दछ ।

यी कुरामा ध्यान दिनुहोस्ः

यदि तपाई इन्टरनेटमा काम गरिराख्नु भएको छ र ल्यापटपको प्रयोग गर्नु भएको छ भने, कुनै कुरा पनि बन्द नगर्नुहोस यसो गर्नु भयो भने तपाइको काम हराउन सक्छ ।

आफु वर पर नभएको बेलामा ल्यापटप चार्ज गरेर नछोड्नुहोस् ।

यदि तपाई लामो समयसम्म ल्यापटप प्रयोग गरि राख्नु हुन्छ भने तपाईको ल्यापटप छिटो तात्ने र छिटै ब्याट्री सकिने समस्या देखिन सक्छ ।

  गोकर्ण पौड्याल 
( कम्प्युटर इन्जिनियर​)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप