बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीद्वारा प्रदेशसभा बैठक अवरुद्ध

सोमबार, १४ असार २०७८, १३ : ४८
सोमबार, १४ असार २०७८

प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले सांसदविरुद्ध व्यक्तिगत गाली गलौज गरेको आरोप माओवादी केन्द्रले बैठक अवरुद्ध गरेको हो । सांसदहरुले मन्त्री गुरुङले तत्काल आत्मालोचनासहित रोस्टमबाटै माफी माग्नुपर्ने माग गरेका छन् । 

सांसदहरुले मन्त्री गुरुङले राखेको कुरा रेकर्डबाट हटाउन पनि माग गरेका छन् । प्रदेशसभा बजेट अधिवेशनको १४ औ बैठकको सुरुवातमै माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले उठेर बिरोध जनाएका थिए । सुरुमा सभामुख प्रदीपकुमार भण्डारीले पटक–पटक बस्न आग्रह गरेपनि सांसदहरुले विरोधको शिलशिला जारी राखेका थिए । पछि सभामुखले आफ्ना कुरा राख्न माओवादी सभासदलाई समय उपलब्ध गराएका थिए । 

माओवादी केन्द्रका प्रदेश सभासदस्य  रामकुमार राईले  भौतिक तथा योजना मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल भइरहँदा मन्त्री  गुरुङले रोस्टमबाट गैरजिम्मेवार ढंगबाट सांसदहरुलाई गाली गलोज गर्नुभएकाले सदनबाटै आत्मा आलोचनासहित माफी माग्नुपर्ने दलको धारणा राखेका थिए ।

राईले दलको धारणा राखेपछि बैठकलाई कार्यसूचीमा प्रवेश गराउने तयारी गरिए पनि माओवादी केन्द्रका सभासदस्यहरु उठेर विरोध जनाउने क्रमलाई निरन्तरता दिएका थिए ।  त्यसलगत्तै सभामुख भण्डारीले आगामी असार १५ गतेसम्मका लागि स्थगित गरेका छन् ।

प्रदेशसभाको आइतबारको बैठकमा मन्त्री  गुरुङले माओवादी केन्द्रका प्रदेश सभासदस्य मोहन खड्कामाथि चर्को आलोचना गर्न थालेपछि सभामुखले चार पटक रुलिङ गर्नुपरेको थियो । मन्त्री  गुरुङ आफ्नै जिल्ला ओखलढुंगाबाट निर्वाचित माओवादी केन्द्रका सांसद खड्कामाथि खनिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप