फिलिपिन्समा ८५ सैनिक बोकेको विमान दुर्घटना

फिलिपिन्समा ८५ सैनिक बोकेर उडेको सैनिक विमान आइतबार दुर्घटनामा परेको छ । यो विमानले कागायन डि ओरो सिटीबाट उडान भरेको थियो । सैनिक प्रमुख जनरल सिरिलिटो सोबेजानाले एएफपीलाई बताएअनुसार यस विमानमा आगो लागेको थियो । घटनामा १७ सैनिकको मृत्यु भएको छ । यद्यपि, ४० जना सैनिकलाई बचाइएको छ । उनीहरुको उपचार भइरहेको छ ।
घटनाको समय विमानलाई सुलु राज्यको जोलो आइल्यान्डमा ल्यान्ड गराउने प्रयत्न गरिएको थियो । सोबेजानाका अनुसार समयमै उद्धारका लागि सैनिक टोली पुग्यो । विमानमा रहेका अधिकांश सैनिकहरुले भर्खरै मात्रै आधारभूत सैन्य तालिम लिएका थिए । उनीहरुलाई त्यस्ता विभिन्न टापुहरूका लागि पठाइएको थियो, जहाँ आतंककारी गतिविधिहरु धेरै हुन्छ ।
दक्षिण फिलिपिन्समा रहेका टापुहरूमा अपहरण, धम्की सामान्य मानिन्छ । त्यहीकारण यहाँ सुरक्षाका लागि ठूलो संख्यामा सैनिक पनि परिचालन गर्ने गरिएको हो । यहाँको अबु सैइयफ नामक संगठनलाई सरकारले आतंककारी घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार