फिलिपिन्समा ८५ सैनिक बोकेको विमान दुर्घटना
फिलिपिन्समा ८५ सैनिक बोकेर उडेको सैनिक विमान आइतबार दुर्घटनामा परेको छ । यो विमानले कागायन डि ओरो सिटीबाट उडान भरेको थियो । सैनिक प्रमुख जनरल सिरिलिटो सोबेजानाले एएफपीलाई बताएअनुसार यस विमानमा आगो लागेको थियो । घटनामा १७ सैनिकको मृत्यु भएको छ । यद्यपि, ४० जना सैनिकलाई बचाइएको छ । उनीहरुको उपचार भइरहेको छ ।
घटनाको समय विमानलाई सुलु राज्यको जोलो आइल्यान्डमा ल्यान्ड गराउने प्रयत्न गरिएको थियो । सोबेजानाका अनुसार समयमै उद्धारका लागि सैनिक टोली पुग्यो । विमानमा रहेका अधिकांश सैनिकहरुले भर्खरै मात्रै आधारभूत सैन्य तालिम लिएका थिए । उनीहरुलाई त्यस्ता विभिन्न टापुहरूका लागि पठाइएको थियो, जहाँ आतंककारी गतिविधिहरु धेरै हुन्छ ।
दक्षिण फिलिपिन्समा रहेका टापुहरूमा अपहरण, धम्की सामान्य मानिन्छ । त्यहीकारण यहाँ सुरक्षाका लागि ठूलो संख्यामा सैनिक पनि परिचालन गर्ने गरिएको हो । यहाँको अबु सैइयफ नामक संगठनलाई सरकारले आतंककारी घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण