बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

खतिवडालाई मेक्सिकोको समेत जिम्मेवारी

आइतबार, २० असार २०७८, १७ : ००
आइतबार, २० असार २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले मेक्सिकोका लागि गैरआवासीय राजदूतमा डा.युवराज खतिवडालाई नियुक्त गरेकी छन् । आइतबार राष्ट्रपतिको कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै डा.खतिवडालाई मेक्सिकोका लागि राजदूत पदमा नियुक्त गरिएको जानकारी दिएको हो ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम खतिवडालाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् । डा. खतिवडा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप