बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीद्वारा प्रदेश १ प्रदेशसभा बैठक पाँचौपटक अवरुद्ध

सोमबार, २१ असार २०७८, १५ : २७
सोमबार, २१ असार २०७८

नेकपा माओवादी केन्द्रले प्रदेश १ प्रदेशसभाको सोमबारको  बैठक पनि अवरुद्ध गरेको छ।  माओवादी केन्द्रले आफनो आसनबाट उठेर सदनको काम कार्वाही अगाडि बढन नदिएपछि भोलि सम्मका लागि बैठक स्थगित भएको हो । माओवादी केन्द्रकै अवरोधका कारण पछिल्ला चारवटा बैठक चल्न सकेका थिएनन् ।

प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ अमर्यादित ढंगले प्रस्तुत भएपछि उनले माफी माग्नुपर्ने माग राख्दै माओवादीले लगातार प्रदेशसभा बैठक अवरुद्ध गदै आएको छ । जसका कारण बैठक कार्यसूचीमा प्रवेश नगरी सोमबारसहित पाँच पटक बैठक स्थगित भएको छ ।

संसद बैठक खुलाउने विषयमा माओवादी र सत्तापक्षबीच वार्ता हुने गरे पनि बिना निष्कर्ष टुंगिने गरेको छ । सरकार पक्षले अवरुद्ध संसद सुचारु गर्ने पक्षमा खासै पहलकदमी लिएको देखिएको छैन । माओवादीले आजको बैठकमा पनि मन्त्री गुरुङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र उनले प्रदेशसभा सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाएकाले तत्काल माफी माग्नुपर्ने माग अगाडि सारेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप