विघटन मुद्दामा एमिकस क्यूरीको दुईथरी राय
प्रतिनिधिसभा विघटन मुद्दामा अदालतका साथी (एमिकस क्युरी)ले दुईथरी राय दिएका छन् । नेपाल बारबाट एमिकस क्यूरीमा राय दिन गएकी उषा मल्ल पाठक र सर्वोच्च बारबाट गएका प्रकाश बहादुर केसीले विघटन संविधान बमोजिम नै भएको राय दिएका छन् । नेपाल बारले पठाएका अर्का वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र सर्वोच्च बारले पठाएका कोमल प्रकाश घिमिरेले चाहिँ विघटन संविधान विपरीत भएको राय दिएका छन् ।
स्वतन्त्र राय दिन लयर्स पोडियममा उपस्थित वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकेले रिट खारेज गर्न माग गर्दै कोभिड–१९ को खोप लगाएर चुनाव गराउनुपर्ने राय दिएकी छिन् । वरिष्ठ अधिवक्ता प्रकाश बहादुर केसी र पाठकले धारा ७६ (५)अनुसार सांसदहरू दलीय नियन्त्रणबाट बाहिर जान नसक्ने राय दिएका छन् । वरिष्ठ अधिवक्ता वैद्य र घिमिरेले चाहिँ विघटन असंवैधानिक भएको बताउँदै धारा ७६ (५)मा दलीय नियन्त्रण बाहिरबाट नै अभ्यास गर्न सकिने राय दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

