देउवा, प्रचण्ड र माधव नेपाललाई ५ विद्यार्थी संगठनले बुझाए ज्ञापनपत्र
पाँचवटा विद्यार्थी संगठनले विपक्षी गठबन्धनका शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाएका छन् । काँग्रेसको नेविसंघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारी, एमाले माधव नेपाल समूहको अखिल, जसपाको विद्यार्थी युनियन र अखिल (छैटौं)ले पूर्वप्रधानमन्त्री तथा गठबन्धनका शीर्ष नेतालाई सामुहिक रुपमा ज्ञापनपत्र बुझाएको हो ।
पाँच संगठनले पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव नेपाललाई भेटेर संविधानको धारा ३१, ३३ र ३५ मा रहेको मौलिक हक कार्यान्वयनका लागि ज्ञापनपत्र बुझाएका हुन् ।
अब जसपा अध्यक्ष उपेन्द्र यादव पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई ज्ञापनपत्र बुझाउने विद्यार्थी संगठनको तयारी छ । संविधानमा व्यवस्था गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई सरकारमा रहँदा वा नरहँदा कार्यान्वयन गर्ने सार्वजनिक प्रतिवद्धता जनाइदिन उनीहरुले गठबन्धनका नेताहरुको ध्यानाकर्षण गराएका छन् ।
‘संविधानको धारा ३१, ३३ र ३५ मा रहेको शिक्षा, रोजगारी र स्वास्थ्यको हकलाई मौलिक हकको रुपमा किटानी गरिएको छ । संविधानतः कक्षा ८ सम्मको शिक्षा निशुल्क र अनिवार्य तथा कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्दछ भने स्वास्थ्य र रोजगारीको हक पूर्ण रुपमा सुनिश्चित हुनुपर्दछ । तर यो प्रावधान व्यवहारमा कार्यान्वयन हुन सकेको छैन’ ज्ञापनपत्र भनिएको छ ।
यसको कार्यान्वयनका सार्वजनिक प्रतिबद्धता जाहेर गराउने राष्ट्रियसभा गृहका कार्यक्रम गराउने तयारी भइरहेको नेविसंघ महामन्त्री बलदेव तिमिल्सिनाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण