राप्रपाले गठन गर्यो ३ सदस्यीय वार्ता समिति
बुधबार, २३ असार २०७८, १९ : ५२
राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचारधारा भएका समूह र व्यक्तिहरुसँग वार्ता गर्नका लागि ३ सदस्यीय वार्ता समिति गठन गरेको छ । बुधबार बसेको राप्रपाको केन्द्रीय विशेष समितिको बैठकले नेता बुद्धिमान तामाङको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय गरेको हो । वार्ता समितिको अन्य सदस्यमा नेताद्वय जगत गौचन र ऋषिबाबु परियार रहेका छन् ।
बैठकले उद्धव पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गर्नुका साथै आर्थिक क्षेत्र सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जिम्मेवारी समेत दिएको छ । त्यस्तै बुद्दीजिविहरुसँग अन्तरक्रिया गर्नका लागि भुवन पाठकको संयोजकत्वमा ३ सदस्यीय आयोजक समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको छ । उक्त समितिमा प्रा.डा.जयन्तनाथ खनाल र प्रा.डा. यादवप्रसाद ढुङ्गाना सदस्य रहनुभएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण