पहिरोले घर पुरिँदा ४ वर्षीय बालकको मृत्यु, बाबुआमा अस्पतालमा
बिहीबार, २४ असार २०७८, १८ : ०२
बिहीबार बिहान पाल्पामा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका–५ गिट्टिखानीस्थित सिद्धार्थ राजमार्ग छेउमा रहेको घरमा माथिबाट आएको पहिरोले पुरेर एक बालकसहित २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय वीरबहादुर गुरुङ र स्थानीय रमेश परियार र पूजा परियारका ४ वर्षीय छोरा आरोप परियार रहेका छन् । मृतक बालकको दिउँसो शव फेला परेको पाल्पा प्रहरीले जानकारी दिएको छ । मृतक बालकका बाबुआमा दुबै घाईते भई पाल्पाको प्रभास अस्पतालमा उपचाररत रहेका छन् । पहिरोले पाँचवटा घर पुरेको छ ।
पहिरोमा परेर अन्दाजी ५० वर्षीया सुन्दरी गुरुङको अवस्था गम्भीर रहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वाँतीले बताए । उनका अनुसार अन्य ५ जनाको प्रभास अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण