जंगलबाट ज्यान बचाउन अपिल गर्ने किशोर भेटिए, किशोरीको सम्पर्क खोज्दै प्रहरी
अन्तरजातीय विवाह गरेका कारण धम्की आएको दाबी गर्दै कैलालीबाट शुक्रवार नव दम्पतीले सामाजिक सञ्जाल (ट्विटर)मा भिडियो पोष्ट गरेका थिए । सो भिडियोले धेरैको ध्यान खिच्यो ।
कैलालीको जंगलबाट भिडियो पोष्ट गरेको दावी गरेका भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा फेला परेका छन् । उनी भजनीस्थित घरमै भेटिएको कैलालीका एसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।
प्रकाशसँग अन्तरजातीय विवाह गरेकी मालती रावल सम्पर्कमा आएकी छैनन् । ‘हामी किशोरीको सम्पर्कमा पुग्ने प्रयास गरिरहेका छौं’ एसपी अधिकारीले भने– ‘किशोर घरमै सुरक्षित छन् ।’
उनीहरुले अन्तरजातीय विवाहका कारण जंगलमा लुक्न बाध्य भएको दाबी गरेपनि असार ४ मा घरबाट हिँडेका उनीहरु कोहलपुरमा बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
असार २३ मा साँझ कोहलपुरबाट घर फर्कने क्रममा उनीहरुले कर्णाली पुल नजिकै जंगलमा भिडियो बनाएर घर गएको प्रहरीले जनाएको छ । किशोरीका आफन्तले थाहा पाएपछि असार २४ मा प्रकाशको घरबाट किशोरीलाई लगेका थिए । किशोरीलाई उनका आफन्तले कुटपिट गरेको केटा पक्षले दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण